logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कहिले आउने गाउँघरमा परिवर्तन ?


  • जन आकाश
  • बुधबार, असार १३ २०८०

बिनोद कार्की ।



काठमाडौ । गोकुलगंगा गाउँपालिका रामेछाप जिल्लाको उत्तर (पूर्वी)  पहाडी भूभागमा अवस्थित प्राकृतिक र सांस्कृतिकरुपमा सुन्दर र हराभरा भएको क्षेत्र हो ।

चारैतिर डाँढाकाँडा बिचभागमा सामान्य किनमेल गर्ने बजार वरिपरी हरियाली डाँढाकाँडा सा -साना गाउँघरको बस्ती रहेको गोकुलगंगा गाउँपालिका उतरी (पूर्वी ) हिमाली भेगमा पर्छ । यहाँका मानिसहरु सामान्य खेती किसान गरेर दैनिक जीवन चलाउने गर्दछन् । यो ठाउँको सबै भन्दा ठुलो समस्या भनेकै रोजगारी हो ।

“यो ठाउँमा कृषि र पशुपालनबाट खासै आम्दानी हुँदैन् । एक सिजन रोपेको आलुँले एक बर्षसम्मा बसेर खानुपर्छ । त्यो पनि यसपाली आलु बिक्री हुने होकी होइना । धमाधम इन्डियाबाट दैनिक हजारौ टन सस्तोमा आलु भित्रियो भन्छन् । खासै यसपाली आलु बिक्री होला जस्तो लागेन् रोपेको गहुँ पनि सबै खडिरीले सखाप पारिदियो । गोकुलगंगा गाउँपालिका वडा नं. १ का ओम बाहादुर कार्की हाम्रो मिडियासँग बताउँछन् ।

यो ठाउँमा रोजगारको लागि उद्योग , कलकारखाना ,फ्याट्रिहरु एउटा पनि नभएका र सामान्य बिकाश निर्माणका काम आएपनी रोजगारीका लागि जोछन् टाठाबाठा ,जो कुनैे पाटीका कार्यकर्ता भएर हिड्छन् । उनिहरुले पाउछन् । उनीहरको लागि हो बिकास निर्माणका कामहरु सामान्य काममा पनि यहाँ राजनीतिक पावर चल्ने गर्छ । तेसैले खासै यो ठाउँ परिर्वतन हुन सकेको छैन् । कार्कीले बताए ।

कृषिमा अनुदान आयो भन्छन् । जो छन् टाठाबाठा उनिहरुले पाउँछन् । गाउँमा रोजगार आयो उनिहरुकै सत्र ,कृषिमा राहात आयो उनिहरुकै पल्टो भरेका छन् । हामिलाइ थाहाँ हुँदैन कुन बेला के आयो के गयो भनेर । गाउँघरमा कुनै सर्वदानको काम आयो भनी एक महिना अगाडी हल्ला खल्ला हुन्छ । जाहाँ हामिले फिरिमा श्रम गनुपर्ने हुन्छ । जाहाँ कमाइ हुने ठाउँ छ तेहाँ बोलाईदैन् हामिलाइ तेहा आवश्यक पदैन्न्न हाम्रो ।”

“मेरा दुई भाई छोरा अरबको खाडीमा सस्तो मूल्यमा पसिना बेची राखेका छ्न । यहाँ पाटीका कार्यकर्ता भएर हिडेका उसका साथिभाइले लाखौ कमाएका छ्न । ठुला -ठुला टेन्डर पर्‍यो भन्ने सुनिन्छ । टाठा बाठाको लागि त पैसा कमाउनी ठाउँ नेपाल हो । के गर्नु हाम्रा छोराहरुलाई राजनीति गर्न आएना तेसैले प्रदेशको ठाउँमा गएर आर्काको गुलामी बन्न बाध्य छन् । अरबमा गएको छाराको पनि टाईम्मा पैसा दिदैनन् रे नेपाल आउने कुरा गदैछ । यस्तै भयो भनी भोकमारी नचल्ल भन्नै सकिदैन् ।

नेपालमा बसेर ज्यान पाल्न गारो छ । दु्ख गरेर पैसा कमाउनानी सबै राजनीतिक पावर चल्ने गर्छ । छोरो बिदेशबाट आउँछु भन्छ , खै आएर नि के गर्छ केही सिपसाप छैन्  कुनै जागिर गर्नलाई ठाउँमा आफ्नो मान्छे छैन्न् । गाउँका केटाहर पनि एक जाना छैन्न्न् ,खाइ आज भोली गाउँघरनी  सुनसान हुँदै ग¥यो । अबत ठुलेका परिवार नि बिस्तारै बसाइ सरेर तराई तिर जाने रे झन गाउँघर सुनसान बन्दै जाने भो । ” गोकुलगगंगा गाउँपालिकाका किसान ओम बाहादुर कार्की जन आकाश मिडियासँग बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend