logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने सडक खण्ड अवरुद्ध


  • जन आकाश
  • शुक्रबार, असार १५ २०८०

काठमाडौं । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्डमा अवरुद्ध भएको छ । गएराति देखि परेको वर्षाका कारण शुक्रबार बिहान ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



कान्ति लोकपथ सडक खण्ड अन्तरगत पर्ने मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तर तर्फ भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने दुवै तर्फका यातायात अवरुद्ध भएको छ । हाल वर्षा भइरहेको र मौसम सुधार आएपछि पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend