जन आकाश
काठमाडौं । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ ।
यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा रु १०० सम्म १०५ छुट प्राप्त गर्न सक्नेछन् ।
एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक-पटक प्रयोग गर्न पाउने छन् । साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ ।
सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विधुत्तिय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उदेश्यका साथ प्रदान गरिएको हो ।
‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend