logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% छुट


  • जन आकाश
  • आइतबार, असार १७ २०८०

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।



यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । यो योजन असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् । यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक (HI–MB) एभरेस्ट बैंक, कामना सेवा विकास बैंक , नमस्ते पे,प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend