जन आकाश
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटीको मृत्यु भएको हो । उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् । उनी उपचारपछि गएराति नै घर फर्किसकेकी छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend