logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बागमती प्रदेश सभाको बैठक बस्दै


  • जन आकाश
  • सोमबार, असार १८ २०८०

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको हो ।



आगामी आर्थिक वर्ष २०८०र ८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन । बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार आज पनि सहमतिको प्रयास हुने छ । आज सहमति जुट्ने सम्भावना भएकाले बिहान ११ बजे बैठकको समय निर्धारण गरिएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्षले प्रतिपक्षी दलसँग आज सहमति गरी विवाद टुंग्याउने सम्भावना रहेको भन्दै सहमति जुटेमा आज बैठक नियमित रुपमा सञ्चालन हुने बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend