logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आजको मौसम


  • जन आकाश
  • सोमबार, असार १८ २०८०

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । भोलि मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend