जन आकाश
काठमाडौ । प्रभु क्यापिटल लिमिटेडद्धारा ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि आयोजना गरिएको १ दिनेसेयर बजारमा लगानी सम्बन्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मीस्थान, ललितपुरमा २०८० असार१३ गते बुधबारको दिन सम्पन्न भएको हो । चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्धेश्यका साथ “Doctor’s Meet: Exploring Financial Market” नामक उत कार्यक्रमको आयोजना गरिएको हो ।
तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा ले गर्नुभएको थियो भने कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो ।
व्यस्त समय तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बुझाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend