जन आकाश
काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता—पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरी उक्त कार्य अगाडी बढेको सार्वजनिक नोटमा उल्ःलेख छ ।
सिंगटी हाईड्रो इनर्जी लिमिटेडको अधिकृत पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, र हकप्रद शेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ हुने कम्नीले उल्लेख गरेको छ ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला का. म. न. पा. वडा नं. ५, काठमाण्डौंमा रहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रचलित कानुन बमोजिम २०६७ साल जेष्ठ ०५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७५ साल आषाढ ०६ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम÷कारोबार गर्दै आईरहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविधुत आयोजना २५ मे.वा. क्षमताको आयोजना २०७८ श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनी बाट प्राप्त जानकारी अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । हकप्रद शेयर जारी बाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्धारा प्रबर्धित सभा खोला “बी” २१.५ मे.वा. र सभा खोला “सि” ६.३ मे.वा. मा ५१ प्रतिशत र ह््याविट्याट पावर कम्पनी प्रा.ली द्धारा प्रर्बद्धित हेवा ए सान जलविद्युत आयोजना ७.५ मे.वा. मा ५१ प्रतिशत लगानी गर्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend