जन आकाश
काठमाडौं । प्रभु बैंक लिमिटेड रहेफर इन्टरनेशनल नेपालबीच मिति २०७९ श्रावण ५ गते भएको सम्झौता अनुरुप युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका स्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को सहकार्यमा प्रभु बैंकले किसानहरूलाई सहुलियत पुर्ण कृषि कर्जा उपलब्ध गराएको छ ।
नुवाकोटको बट्टारमा एक कार्यक्रम बिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल,प्रभ बैंक लिमिटेडका ग्लोवलमा र्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभ बैंकको बट्टार शाखा कार्यलयबाट रु ४० लाखको सहुलियत पुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरीएको छ ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गर्नु भएको छ ।
उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्बधित सहकारीहरुले सहुलियत पुर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्ने छन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य ब्यावसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ ।
हेफर ले ४४ जिल्लाका करिव ४००,००० पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संथाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तिय पहुँच पुरयाउन सहजिकरण गर्दै आएको छ ।
समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० सहित फराकिलोे पहुँच रहेको प्रभु बैंककले उक्त सम्झौता अनुरुप करिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend