logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले खराब सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले १० ओभरमा चार विकेट गुमाएर ६६ रन बनाएको छ।



काठमाडौंका लागि राशिद खानले १४ बलमा १७ रन बनाए। भीम सार्की १६ र सुमित महर्जन ७ रनमा अविजित छन्।

त्यस्तै, स्मित पटेलले १३, हरिशंकर शाहले ९ र साम हेजलेटले १ रन बनाए। पटेललाई राहुल यादवले आउट गरेका थिए भने हेजलेट र शाह पनि पेभेलियन फर्किसकेका छन्। राशिद खानलाई अलीले आउट गरे।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। काठमाडौंलाई जनकपुरले बलिङको निम्तो स्वीकार्दै सुरुवातदेखि नै दबाबमा राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend