logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। केही स्थानमा भारी वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।



नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिएको छ। यस अवधिमा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भए पनि भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उहाँले बताउनुभयो।

मौसमविद् पोखरेलले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पाकिसकेको धान काट्ने काम तत्काल नगर्न किसानलाई सुझाव दिनुभएको छ। उहाँका अनुसार मौसमको यो प्रणाली हटेपछि आइतबारदेखि धान काट्न सकिनेछ।

वर्षा र हिमपातका कारण जनजीवन तथा कृषि क्षेत्रमा असर पर्न सक्ने भएकाले मौसमको अवस्थाबारे जानकारी लिँदै आवश्यक सतर्कता अपनाउनसमेत उहाँले आग्रह गर्नुभएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend