logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

चेरी क्यूको डेलिभरी काठमाडौंसहित पाँच सहरमा सुरु


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । नेपालमा चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो नयाँ अर्बन एसयूभी चेरी क्यू को डेलिभरी काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा सुरु गरेको छ।



कम्पनीका अनुसार काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी औपचारिक रूपमा सुरु गरिएको हो।

आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री र एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ। यसमा ५४० डिग्री क्यामेरा, १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालन हुने ७० लिटर क्षमताको फ्रङ्क स्पेस र १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधा छन्।

त्यसैगरी, सवारीसाधनमा २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सुविधासमेत उपलब्ध छन्। आकर्षक डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको यस एसयूभीले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार चेरी क्यूले सामाजिक सञ्जालमा समेत चर्चा बटुलिरहेको छ। पाँच प्रमुख सहरमा डेलिभरी सुरु भएसँगै नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्न र ग्राहकलाई सहज रूपमा सवारीसाधन उपलब्ध गराउन थप सहयोग पुग्ने कम्पनीको विश्वास छ। नवीन प्रविधि, व्यावहारिक उपयोगिता र आधुनिक डिजाइनलाई प्राथमिकता दिएको चेरी क्यूले नेपाली अटोमोबाइल बजारमा आफ्नो स्थान थप मजबुत बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend