logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीको समय थप


  • जन आकाश
  • सोमबार, असार २५ २०८०

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेपछि भानु जयन्तीसम्मका लागि समय थप गरिएको छ ।



प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा असार ८ गतेदेखि आयोजना गरेको प्रदर्शनीको अवधि असार ३० गतेसम्म थप गरिएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए ।

प्रदर्शनीमा दैनिक सयौँ पाठक आउने गरेका छन् । दैनिक कम्तीमा पनि रु २० हजारको पुस्तक बिक्री हुने गरेको छ । प्रतिष्ठानका पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ । प्रतिष्ठानको प्रकाशनमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको उनले सुनाए ।

प्रज्ञा प्रतिष्ठानसँगै साझा प्रकाशनका पुस्तकहरू पनि प्रदर्शनीमा राखिएको छ । साझा प्रकाशनका पुस्तकमा भने २५ देखि ३० प्रतिशतसम्म छुट दिइएको छ । पुस्तक प्रदर्शनीमा आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उनले बताए ।

प्रतिष्ठानले वर्षमा तीन पटक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पुस्तक प्रदर्शनीबाट वार्षिक रु ५० लाखको पुस्तक बिक्री हुने गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend