logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सूचना सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान खेलेको भन्दै ‘पत्रकार खड्का ’ सम्मानित


  • जन आकाश
  • सोमबार, असार २५ २०८०

काठमाडौं । सुचना सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै लिखुपिके गाउँपालिका वडा न ४ निबासी पत्रकार बिष्णु खड्का सम्मानित भएका छन ।



आइतबार लिखु पिके ३ ले सुत्केरी तथा गर्ववती महिलाहरुलाई प्रोत्साहन तथा सार्वजनिक सुनाई कार्यक्रमको आयोजना गरी सोहि कार्यक्रम मार्फत पत्रकार खड्कालाई प्रंशसा पत्रद्वारा सम्मान गरेको हो ।

लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा,वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत लगायत वडा सदस्य तथा वडाबासीहरुको उपस्थितिमा उक्त प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।

सम्मान पत्र ग्रहन गर्दै पत्रकार खड्काले वडाको यो सम्मानले पत्रकारितामा थप उर्जा थपिएको बताउनुभयो । साथै उहाँले पत्रकारीताको माध्यमबाट समाज परिवर्तन गर्न ठुलो महत्त्वपूर्ण भुमिका रहेको ओैल्यायनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले वडामा भए गरेका कामकाजको निगरानी राखिदिन आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले पत्रकारी क्षेत्रमा थप प्रगतीको शुभकामना ब्यक्त गरेका थिए ।

पत्रकार खड्का हाल जनता टेलिभिजनको जिल्ला सम्बादाता , सिधा प्रेसको अध्यक्ष र सम्पादक तथा पालिका खबर र रेडियोमा समेत आबद्व रहेका छन । उनी गीत संगितमा पनि सक्रिय छन उनका १ दर्जन बढि लोकगितमा स्वार सुन्न सकिन्छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend