logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटी एक्सप्रेस मनी ट्रान्सफर १६ बसन्त पार गरेर १७ औ बर्षमा प्रबेश


  • जन आकाश
  • शुक्रबार, असार २९ २०८०

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १६ बसन्त पार गरेर १७ औ बर्षमा प्रबेश गरेको छ । यही १७ औ बार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ ।



जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवक उपलक्ष्यमा बिहान आयोजित कार्यक्रममा मुख्य अभिप्राय“रक्तदान गर्नुहोस् , जिवनदान पाउनुहोस्”भन्न मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्यकार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend