logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बंगलादेशकी प्रधानमन्त्रीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त


  • जन आकाश
  • शुक्रबार, असार २९ २०८०

 



काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेकी छन् । बिहीबार बंगलादेशी राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर सो सन्देश सुनाएका हुन् ।

बंगलादेशको राजदूतावासअनुसार प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री प्रचण्डलाई पत्नीको निधनप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् । सीता दाहालको बुधबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएको थियो । दाहाल लामो समयदेखि पीएसपी, पार्किन्सन्स लगायत रोगबाट पीडित रहेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend