जन आकाश
काठमाण्डौ । बाइसधारा उद्यान बाजुको आयोजनामा २१० औं आदिकवी भानुभक्तको जन्म जयन्ती बालाजु बाईसधारामा कविता वाचन सहित सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्थानिय कवि कलाकार साहित्यकार तथा सर्वसाधारणको उपस्थितीमा कविता बाचन गरी भानुभक्तलाई सम्झिएको हो ।
कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथीहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली का.म.न.पा.का १६ का वडाअध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्रीहरि फुयाल विशिष्ठ कलाकार उत्तम केसी रहेका थिय । कार्यक्रम उपस्थिती सबैले भानुभक्तको सालिकमा अविर फुलमाला अर्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कविता वाचन गर्नेहरुमा श्रीहरि फ्याल, वैरागी जेठा र रसुबाली कबी ठाकुर तिमिल्सेना, भोजराज न्यौपाने दिल कुमारी डंगोल, यज्ञराज घिमिरे, वासुदेव गुरागाई प्रकाश घायल, दामोदर लामा, माधव विडारी, चेतनाथ घनश्याम, पुडासैनी, ओम नमो शिवाय रामशरण कोइराला, दिप्त अधिकारी, सुवास गौतमले कविता वाचन गर्नभएको थियो । साहित्यकार श्रीहरि फुयाल ले बाइसधारा भित्र कवि भानुभक्त स्थापनाको बिषय र भानुको साहित्यकला को चर्चा गर्दै भानु प्रति श्रद्धा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित रहनुभएकोमा राजुध्वज थापा, श्रीराम पुडासेनी, धु्र्वराज खड्का, सुरेन्द्रथापा, विकास दास, सुरेन्द्र महर्जन लगाएत १५० जनाको आदिको उपस्थित रहेको थियो ।
स्वागत भाषण गर्दै दामोदर लामाले सदा झै यसबर्ष साहित्यकार कलाकारहरुको बिचमा यसै विशेषरुपमा कार्यक्रम गर्न पाउँदा खुशि लागिएको र अझ व्यवस्थीत तरिकाले मनाउन आगामी बर्षको लागि पनि १६ नं. वडा अध्यक्ष मार्फत आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दै उपस्थित सबैलाई स्वागत तथा हार्दिक धन्यवाद विज्ञापन गर्नुभएको थियो । यसै गरि १६ नं. वडाका अक्ष्यक्ष मुकुन्द रिजालले भानु जयन्तिको विशेष चर्चा गर्दै आगामी बर्षको लागि बजेटको व्यवस्था गरिदिने आस्वासन दिएका थिय ।
७ नं. क्षेत्र काठमाडौका माननिय सभासद गणेश पराजुली पनि भानुको विषय विशेष उल्लेखनिय कुरा गर्दै भानुप्रति श्रद्धा व्यक्त गरेका थिय । त्यस्तै गरि प्रमुख अतिथी रामविर मानन्धरले सदाझै यस बर्ष पनि बाईसधारा उत्धायनमा भानु जयन्ति मनाउन पाउँदा खुशि लागेको र अझै राम्रो व्यवस्थीत रुपमा कार्यक्रम गर्न सुझाव दिनुका साथै बालाजु पार्कको संरक्षणमा ध्यान दिन नगरपालिकालाई अनुराध गरेका थिय।
अन्तमा बाइसधारा भानुकला समुहका तर्फबाट कलाकार उत्तम केसीले सबैलाई धन्यवाद दिई कार्यक्रमलाई अन्त्य गरेका थिय। उक्त कार्यक्रमको सहजिकरण गोपाल घिमिरे (यज्ञ) ले गरेका थिय ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend