logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध


  • जन आकाश
  • सोमबार, साउन १ २०८०

काठमाडौं । नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापनमा रोक लगाएका छन् ।



यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन् । आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिएका छन् ।

फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकार दीप श्रेष्ठले जानकारी दिए । स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक-पटक झुक्याइएको आरोप लगाएका छन् ।

सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र व्यवस्थापन गर्ने लगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो । तर अहिले महानगरले वर्गीकरण विना फोहोर संकलन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend