logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सवारी दुर्घटनमा २जनाको मृत्यु


  • जन आकाश
  • मंगलबार, साउन २ २०८०

काठमाडौं । मकवानपुरको हेटौंडामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सडक किनारमा पैदल हिडिरहेका एक व्यक्तिलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



दुर्घटनामा मृत्यु हुनेमा हेटौडा–१० बस्ने वर्ष ६३ को लालबहादुर घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा घाइते भएका घिसिङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

सोमबार साँझ ७ः ५० बजेको समयमा हेटौडा–१० जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोडमा हेटौंडा शिवम् सिमेन्टबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६ ख ८८९० नंम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको पैदल यात्री ठक्कर दिँदा घिसिङ घाइते भएका थिए ।

ट्रकको ठक्करबाट घिसिङको दुबै खुट्टा र टाउकोमा चोट लागेको र हेटौडा अस्पतालमा उपचारको क्रममा ८ बजे मृत्यु भएको प्रवक्ता कार्कीले बताए । प्रवक्ता कार्कीका अनुसार ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको र शवलाई हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।

त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ स्थित चुरियामाई मन्दिर नजिक पूर्व पश्चिम राजमार्ग सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा हेटौडा–१५ बस्ने ३५ वर्षीय शंकर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । तामाङको उपचारका क्रममा हेटौंडा सहकारी अस्पतालमा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend