जन आकाश
धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो साढे १२ बजेबाट सडक दुबैतर्फी अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेको छ ।
घुम्ती काटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयबासिन्दाले बताएका छन् । पहिरोले ठुल्ठुला ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend