जन आकाश
काठमाडौं । नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।
कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायत जुनसुकै क्षेत्रमान विनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिङ्कमा गई गुगल फारमबाट आवेदनदिन सकिनेछ । अथवा नबिल बैंकको वेभ साइडमा गई नबिल एसएसईको पेजबाट पनिफारम भर्न सकिन्छ । आवेदनको अन्तिमदिन बैंकले भदौ ३ गते तोकेको छ ।
सामाजिक उद्यम शीलतालाई प्रबद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरि सकेका छन् । विभिन्न पृष्ठभुमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए ।
विभिन्न अन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो ।
नबिलबैंक नेपालको एक अग्रणी बैंक हो जसको कुलनिक्षेप रु ३७८ अर्ब तथा कुलकर्जा रु ३४० अर्ब रहेको बैकले उल्लेख गर्दै आएको छ । नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २ सय ६५शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको बैकले उल्लेख गर्ने गरेको छ ।
आवेदकहरुको लागि लिंक यस प्रकार रहको छ ।
https://nabilbank.com/individual/corporate-social-responsibility/nabil-sse
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend