logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पेको नयाँ अफर उपहारको बहार सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, साउन ५ २०८०

काठमाडौं । साउन ४  ‘आइएमई पे’ ले “रेमिट्यान्समा उपहारको बहार” नामक नयाँ अफर सार्वजनिक गरेको छ ।



अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन १ गते देखि साउनको अन्त्य सम्म चल्ने छ । यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउनुहुनेछ ।

साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेछ । यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आइएमई पेको सामाजिक संजालमा प्रकाशन
गरिने छ ।

यो अफर ग्राहकवर्गलाई विधुत्तिय माध्यम मार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विधुत्तिय भुक्त्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुचारु गरिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend