जन आकाश
-जयराम बिडारी
काठमाडौ । पूर्ण प्रकास नेपाल ‘’यात्री’’ अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा साहित्यकार एवम् अन्वेषक पूर्णप्रकास नेपाल यात्रीको ९० औं जन्म जयन्तीको अवसरमा साहित्यकार आर.डी प्रभास चटौत तथा कवयित्री एवम् समालोचक गार्गी शर्मालाई यात्री वाङ्मय पुरस्कार तथा श्रीराम नेपाल र गीता ढुङ्गानालाई यात्री विद्यापदक द्वारा सम्मानित गरिएको छ ।

पद्मकन्या क्याम्पसको डेनिश हलमा आयोजित कार्यक्रममा पूर्ण प्रकास नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष शैलेन्दु प्रकाश नेपालको अध्यक्षता तथा राष्ट्रवादी चिन्तक पूर्व मंत्री एवं राष्ट्रीय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्टको प्रमुख आतिथ्यता एवं सम्मानित ब्यक्तित्व साहित्यकार आर.डि. प्रभास चटौत तथा तथा कवयित्री एवम् समालोचक गार्गी शर्मा तथा पद्मकन्या क्यामपस नेपाली बिभाग प्रमुख डा.अम्बिका अर्याल का साथै यात्री वाङ्मय पुरस्कार प्राप्त गर्न सफल श्रीराम नेपाल र गीता ढुङ्गाना लगायत सयौं जनमानसको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि केशरबहादुर बिष्ट द्वारा साहित्यकार तथा कोशकार आर.डी. प्रभास चटौत तथा साहित्यकार गार्गी शर्मा तथा श्रीराम नेपाल र गीता ढुङ्गानालाई प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाको अध्यक्ष शैलेन्दु प्रकाश नेपाललाइ संस्थागत गतिविधिका बारेमा प्रकाश पारेका थिए भने
सम्मानित ब्यक्तित्व चटौतले अनुसन्धाता तथा वरिष्ठ साहित्यकार पूर्णप्रकाश नेपाल यात्रीको संस्मरणमा स्थापित “यात्री वाङ्मय पुरस्कार” बाट यसअघि राष्ट्रकवि माधव घिमिरे,वाङ्मयीय शताब्दी पुरुष सत्यमोहन जोशी,भाषा शास्त्री बालकृष्ण पोखरेल जस्ता विराट् व्यक्तित्व सम्मानित र पुरस्कृत भैसक्नु भएको गरिमामय पुरस्कारबाट आफू पनि सम्मानित हुन पाउँदाको क्षण सम्झदा भावविभोर हुदै त्यस्ता यशस्वी ब्यक्तित्वको नामबाट आफू समेत पुरस्कृत हुन पाएकोमा आफूले देश र समाजको लागि थोरै भएपनि सुकर्म गरेको रहेछु भन्ने बोध भएको र आफ्नो आगामी कर्म सम्पूर्ण रुपमा देश र समाजका लागि रहने बताएका छन् ।
उक्त कार्यक्रममा सम्मानित अर्का ब्यक्तित्व कडेलले नेपाली भाषा साहित्य तथा अन्वेषणका क्षेत्रमा पूर्णप्रकाश नेपाल‘’यात्री ‘’ का बारेमा प्रकाश पार्दै प्राप्त पुरस्कारले आफूलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै यात्रीको ९०ओैं जन्म जयन्तीका अवसर पारेर आफूलाई यात्री बाङ्मय पुरस्कार बाट सम्मानित गरिएकोमा हार्दिक आभार ब्यक्त गरेकी छन् ।
उक्त कार्यक्रममा पद्मकन्या क्याम्पसकी नेपाली बिभाग प्रमुख डा. अम्बिका अर्यालद्वारा पुरस्कृत ब्यक्तित्वका बारेमा चर्चा गरिएको थियो ।
प्रमुख अतिथिको भूमिका निर्वाह गरेका राष्ट्रवादी चिन्तक पूर्व मंत्री एवं राष्ट्रीय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्टले साहित्यिक क्षेत्रका बिराट ब्यक्तित्वहरुलाई आफ्नो हातले सम्मानित गर्न पाउनु गौरवको बिषय भएको महशुष गरेको बताउंदै मानवशास्त्री र भाषाशास्त्रीका रुपमा रहेका पूर्ण प्रकास नेपाल ‘’यात्री’’ अध्ययन तथा अनुसन्धान केन्द्र र डोरबहादुर बिष्ट फाउन्डेशनका बीचमा सहकार्य गर्दै भाषा कला र साहित्यका क्षेत्रमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न सकेको खण्डमा त्यसको प्रभावकारीता गुणात्मक रुपमा बृद्धि हुने बिचार ब्यक्त गर्दै राष्ट्रीय भावनालाई जनमनमा कसरी बृद्धि गर्दै लैजान सकिन्छ भन्ने बिषयमा बिमर्श गरेका थिए दुर्गाप्रसाद नेपालद्वारा आकर्षक रुपमा संचालित उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend