logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलता पूर्वक सम्पन्न


  • जन आकाश
  • आइतबार, साउन ७ २०८०

८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ता भए करोडौँको अफरमा सहभागि, ५ जनाले पाए पल्सर N160 खल्तीको वार्षिक अफर, “द बिगेस्ट पेमेन्ट जात्रा” मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार ३१, २०८० मा सफलता पूर्वक सम्पन्न भएको छ ।



करोडौँको अफरमा प्रमुख उपहारहरूमा छ वोटा पल्सर N160, 2 वोटा  iPhone 14, OnePlus 11, Diamond Ring तथा अन्य उपहारहरु समावेश थियो । यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट छण् वटा स्मार्टवाचहरू, घण् वटा इयरबडहरू, छण्ण् चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो।

पाँच वटा पल्सर बाइकका बिजेताहरु यस अफर अवधि भरि फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ जस्का बिजेताहरु बिटु साह कल्वार (राउण्ड १), प्रदिप धिताल (राउण्ड २), लक्ष्मण डेली स्टोर (राउण्ड ३), नरेन्द्र महर्जन (राउण्ड ४) र निहाल आयुरवेदिक फार्मा (बोनस राउण्ड) रहेका छन् । अन्तिम लाइभमा २ वटा पल्सर N160 – राउन्ड 4 र बोनस राउन्डका विजेताहरूको साथै अरु बम्पर उपहार जस्तै iPhone 14, OnePlus 11, र Diamond Ring का भाग्यशाली विजेता घोषणा भएका थिए। यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तैः स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत रु. ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन् ।

३ वटा पल्सर बाइकका विजेताहरू यस अफरमा पहिले नै फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ र अब अन्तिम लाइभ श्रावण ५ गते हुनेछ । यस विजेता छनोटमा, २ वटा पल्सर N160 – राउन्ड 4 र बोनस राउन्डका विजेताहरूको साथै अरु बम्पर उपहार जस्तै iPhone 14, OnePlus 11, र Diamond Ring का भाग्यशाली विजेता घोषणा गरिनेछ। यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तैः स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत रु. ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन् । यस अफरको सफलताको बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्का भन्नुहुन्छ ,

“यस अफरको सुरुवातमा प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरूका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित गर्ने भनि अपेक्षा गरिएको थियो। यो अफरलाई नेपालको भुक्तानी उद्योगमा उत्कृष्ट सफलता दिन मदत गर्नुभएका हाम्रा साझेदारहरूप्रति हामी आभारी छौं। हाम्रा प्रयोगकर्ता, एजेन्ट, मर्चेन्ट, मिडिया, ब्रान्ड पार्टनरहरु, बैंक तथा इन्सुरेन्सहरु, नियामकहरु र अन्य साझेदारहरूको साथ बिना यो अफरको सफलता सम्भव थिएन।” भनि खल्तीले उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend