logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

तिनाउ नदीमा फसेका दुई जनाको उद्धार


  • जन आकाश
  • मंगलबार, साउन ९ २०८०

बुटवल । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक जना पुरुषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो ।



तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए ।

नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ । तिनाउ नदी दिउँसो १२ सम्म उच्च रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend