logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

Swisscontact/Nepal Agriculture Market Development Program Phase र सानिमा बैक सहकार्य 


  • जन आकाश
  • मंगलबार, साउन ९ २०८०

 



काठमाडौ । सानिमा बैंक लिमिटेड Swisscontact/Nepal Agriculture Market Development Program Phase बीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ।

सानिमा बैंक लिमिटेड र Swisscontact/Nepal Agriculture Market Development Program Phase बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको हो ।

कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुनेछ । यस सहकार्य अनुसार कृषि कर्जाको प्रक्रियालाई प्रबिधिकरण गर्ने, कृषि कर्जा सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यवसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने तथा कृषि उद्यमीहरूको आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीहरूलाई प्रशिक्षण दिने जस्ता कार्यहरु गरिनेछ सम्झौता पत्रमा उल्लेख छ ।

उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, तेज बहादुर चन्दले “यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिएका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend