logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


  • जन आकाश
  • बिहिबार, साउन ११ २०८०

काठमाडौं । दाङको लमही नगरपालिका–१ मा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।



पूर्वबाट पश्चिमतर्फ गइरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ । मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend