logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आजको सुन,चाँदीको मूल्य


  • जन आकाश
  • बिहिबार, साउन ११ २०८०

 



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो । यसअघि ४ साउनका दिन सुनको मूल्यले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो । आज सोही मूल्यको नजिक पुगेको छ ।

बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो । आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा भइरहेको छ ।

चाँदीको मूल्य समेत आज बढेर १ हजार ४९० पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४६५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend