logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नबिल इन्भेष्टमेण्ट र तेह्रथुम पावर बीच सम्झौता


  • जन आकाश
  • शनिबार, साउन १३ २०८०

काठमाण्डौं । नबिल इन्भेष्टमेण्ट बैंक लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडबीच कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर सम्पन्न भएको छ ।



तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत बि.सं. २०६६ स्थापना भई बि.सं २०७५ असारमा प्राईभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो । ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यस कम्पनीको विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसंग भएको थियो ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले तेह्रथुम पावर कम्पनी लिमिटेड सर्वसाधारणमा हकप्रथ शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend