logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाली उपभोक्ता संरक्षण महासंघको साघारण सभा साउन २६ गते हुने


  • जन आकाश
  • सोमबार, साउन १५ २०८०

काठमाडौ । आम उपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन, अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गदै आएको नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभा यहि साउन २६ गते गर्ने भएको छ ।



महासंघको केन्द्रीय कार्यालयमा बिजुली बजारमा बसेको केन्द्रीय समितिको बैठकले साधारण सभा साउन २६ गते काठमाडौमा गर्ने निर्णय गरेको महासंघका केन्द्रीय सदस्य बिष्णु गिरीले जानकारी दिए । गिरीका अनुसार साधारण सभा सफल बनाउन बिभिन्न समितिहरु पनि गठन गरिएको छ । सुचना तथा सन्चार समिति– संयोजक लुमडी बा. कार्कि, अर्थ ब्यबस्थापन समिति– संयोजक दुर्गा थापा, मञ्च ब्यबस्थापन समिति– संयोजक अर्जुन कुमार श्रेष्ठ, संयमसेवक समिती संयोजक सोभितमान गिरी,अतिथी सत्कार समिति– शुष्मा रावल संयोजकमा समिति गठन गरेको छ ।

समितिका बैठक पछि बोल्दै अध्यक्ष चन्द्र साउदले सबैखाले भष्ट र कालो बजारीयाहरुलाई कारबाही गनुपर्नेमा जोड दिए । उनले अधिकार सम्बन्न बजार अनुगमन समिति गठन तथा उपभोत्ता मन्त्रालय स्थापना गर्न माग गरे । अध्यक्ष साउँदले कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी गर्ने उदेश्यले महासंघको स्थापना बताए ।

महासंघका प्रवत्ता लुमडी बहादुर कार्काीले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्बसाधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघ लागि परेको बताए । देशमा व्याप्त चरम महंगी, कालोबजारी, भ्रष्टाचार, नैतिक स्खलन, अराजकताबाट देशलाई कसरी जोगाउने भन्ने बारेमा आफूहरु लागि परेको प्रवत्ता कार्कीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend