logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नारीहरूलाई लक्षित गर्दै “आइएमई पे ”मा आयो प्रिटी उत्सव


  • जन आकाश
  • सोमबार, साउन १५ २०८०

काठमाडौं ।  आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “Pretty उत्सव” नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ ।



यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई Pretty click को रु ५००० को भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर  स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ ।

अफर अन्तराल भरि प्रत्येक ५ दिन पश्चात् गोला प्रथा मार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आर  मार्फत भुक्तानी गर्न सक्ने छन् ।

विजेताहरूले Pretty Click मा गएर भौचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend