logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

होटेल क्राउन इम्पेरियलले साधारण शेयर निष्काशन गर्ने


  • जन आकाश
  • मंगलबार, साउन १६ २०८०

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलको सर्वसाधारणमा बिक्री गरिने रु.१००/- अंकित दरका रु.१,१५,००,००,०००/- (रु.एक अरब पन्ध्र करोड) रकम बराबरको १,१५,००,०००कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।



उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गर्नुभएको छ ।

यस कम्पनीले मिति २०७६.०३.१३ बाट रवि भवन, काठमाडौँमा चारतारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चारतारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार,ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend