जन आकाश
काठमाडौ । चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्ड सप काठमाडौँको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सि. जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस. सि. साबुको उपस्थितिमा श्रावन १७ गते यो शोरुमको भब्य उद्घाटन भएको छ । एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इनओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् । यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।
काठमाडौँको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन,बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ ।
यो शोरुम हप्ताको सातै दिन बिहान १०ः०० बजे देखि बेलुका ०७ः३० बजेसम्म खुल्ला रहने छ । ग्राहक वर्गका लागि अन्य जानकारी चाहिएमा निम्नफोन नम्बर ०१–५९१४१७९, ५९१४३७९ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी उदघाटन गर्ने क्रममा गराएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend