logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कञ्चनपुरमा दुई जना मृतक अबस्थामा फेला


  • जन आकाश
  • शुक्रबार, साउन १९ २०८०

धनगढी । कञ्चनपुुरमा दुई जना मृत भेटिएका छन् । शुुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।



शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत भेटिएकी छन् । मृत भेटिनेमा स्थानीय राजेश धामीकी ४ वर्षीया छोरी अनु धामी रहेकी छन् ।

उनी बिहीबार साँझ घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै, कृष्णपुर नगरपालिका–२ को बाणीमा रहेको बन्दा नदीको बगरमा ३५ वर्षीय पुरुषको शव भेटिएको छ तर उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाको इलाका प्रहरी कार्यालय झलारीले अनुसन्धान गरिरहेको जानकारी दिएको  छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend