logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमालय एअरलाइन्सद्वारा लव प्रसाद बाल गृहलाई आर्थिक सहयोग


  • जन आकाश
  • शुक्रबार, साउन १९ २०८०

काठमाडौं । हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत ‘शिक्षातर्फ पाइला’अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।



अनाथ तथा विपत्र बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैर राजनीतिक सामाजिक संस्था लव प्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मत सम्भारका लागि उक्त सहयोग गरेको हो ।

अगस्ट ३ मा बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष झो इन्योङ्गले बाल गृहका अध्यक्ष उषा कार्कीलाई रु ३,९६,००० बराबरको चेक हस्तान्तरण गर्नुभयो । यस बाहेक बाल गृहमा बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुलाहूप जस्ता विभित्र खेलकुदका सामाग्रीहरू पनि सहयोग गर्नु भएको छ । सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालन पोषणको व्यवस्था गर्दै आएको छ ।

उक्त सहयोग रकम बालबालिकाको लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकुल र व्यवस्थित बनाउन बाल गृह भवनको भान्सा र भोजन कक्षको मर्मत सम्भार गर्न प्रयोग गरिने भएको छ । “ ‘नेपालमै आधार र नेपालमै सेवा’ हिमालय एअरलाइन्स्ले लामो समयदेखि गरेको प्रतिबद्घता हो ।

एअरलाइन्स्ले स्थापना कालदेखि नै समाजको लागि सक्दो योगदान गर्दै आएको छ । यसपटक लव प्रसाद बाल गृहलाई गरिएको सहयोगले यहाँको बालबालिका लागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहन्छौं र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बनोस् भत्रे आशा राख्दछौँ ,”एअरलाइन्स्का अध्यक्ष् इन्योङ्गले भत्रुभयो ।

बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेको एअरलाइन्स्को यस कदमको स्वागत गर्नुभयो । “हाम्रो संस्थालाई गर्नुभएको हेरविचार र योगदानको लागि हामी हिमालय एअरलाइन्स् प्रति अत्यन्तै आभारी छौँ । उहाँहरूको उदार सहयोगलाई हाम्रो रेखदेखमा रहेको बालबालिकाको जीवनमा उल्लेखनीय सुधार ल्याउँनेछ ।

हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेको छ र विगत सात वर्षदेखि एअरलाइन्स्ले अनाथ तथा विपत्र बालबालिकाको लागि सञ्चालन गरिएको ‘प्रयास नेपाल’का बालबालिकालाई विभित्र शैक्षिक  तथा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend