जन आकाश
काठमाडौ । नेपाल हाते कागज संघको विशेष मेला आज काठमाडौको रायन होटलमा भव्य उदघाटन गरी शुरु भएको छ । नेपाल सरकारका उद्योग तथा बाणिज्य सचीव मधु कुमार मरासैनीले दिप प्रज्वल गर्नुका साथै नेपाली कागजमा हस्तलिखित ब्यानरमा हस्तक्षर गरी कार्यक्रमको उदघाटन भएको हो ।
कार्यक्रमको सभापति नेपाल हाते काजग संघका अध्यक्ष किरण डगोलले गरेका थिए । अथितिहरुमा होटल संघ नेपालका विजय शाह, निर्यात व्यावसायी संघका अध्यक्ष शंकर पाण्डे, प्रचण्ड शाक्य अध्यक्ष हस्तकला महासंघ, सरद विक्रम राणा कार्यकारी निर्देशक ब्यापार तथा निकासी प्रर्वधन केन्द्र, राजेश कुमार अग्रवाल अध्यक्ष नेपाल उद्योग परिसंघ, राजेन्द्र मल्ल अध्यक्ष नेपाल चम्बर अफ कर्मश,हेमराज ढकाल वस्तुगत समूहका उपाध्यक्ष नेपाल उद्योग बाणिज्य संघ, नानीराज घिमिरे अध्यक्ष फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल,शिव प्रसाद घिमिरे कार्य समिति सदस्य नेपाल उद्योग बाणिज्य संघ, राजेन्द्र भण्डारी अध्यक्ष नेपाल बैदेशिक रोजगार व्यासायी संघ लगायतको उपस्थितिमा कार्यक्रमा भएको हो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा बिभिन्न व्याक्तिहरुले नेपाली हाते कागज प्रयोग गर्न र यसको मौलिकता नेपालीको पहिचान साथै नेपाली हाते कागजको उत्पादन,प्रयोग बजारको अवस्थाको वारमा जानकारी गराएका थिए भने कार्यक्रममा वत्ताको रुपमा आएकमा बक्ताहरुले एक अर्का संस्थासँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा उपस्थिति भएका प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो वितरण गरिएको थियो । प्रर्दशन होटल संघ र नेपाल हाते कागज संघको संयुक्त आयोजनामा भएको हो । कार्यक्रमका समापन नेपाल हाते कागज संघका उपाध्यक्ष रामकृष्ण धौभडेलले गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend