जन आकाश
काठमाडौं । उपभोग्य वस्तु उत्पादन गर्ने भारतीय कम्पनी मारिकोको शिशु स्याहारसम्बन्धी ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीले सामाजिक संस्था ‘एक एक पाइला’सँगको सहकार्यलाई निरन्तरता दिएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको स्याहारमा सहयोग पुर्याइने भएको छ।
सहकार्यको पछिल्लो चरणमा प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका विभिन्न अस्पतालमा १५ हजार थान शिशु स्याहारका सामग्री वितरण गरेको छ। वितरण गरिएका सामग्रीमा पाँच हजार थान स्याहार पाउडर, पाँच हजार थान पोषणयुक्त क्रिम र पाँच हजार थान स्याहार साबुन रहेका छन्।

शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई आवश्यक स्याहार सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको छालाको उचित हेरचाहबारे जनचेतना अभिवृद्धि गर्नु यस पहलको मुख्य उद्देश्य रहेको जनाइएको छ।
एक एक पाइलाका व्यवस्थापक अशोक पाण्डेले प्यारासुट एडभान्स्ड बेबीसँगको निरन्तर सहकार्यले उपत्यकाका विभिन्न अस्पतालमा शिशु स्याहारका सामग्री परिवारसम्म पुर्याउन सहज भएको बताए। उनले यस पहलबाट अभिभावकमा नवजात शिशुको उचित स्याहारको महत्त्वबारे सचेतना बढ्दै गएकोमा खुसी व्यक्त गरे।
त्यस्तै, मारिकोले प्यारासुट एडभान्स्ड बेबीमार्फत शिशुको जन्मदेखि नै अभिभावकको विश्वासिलो साथी बन्न चाहेको जनाएको छ। एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिँदै परिवारलाई नवजात शिशुको स्वास्थ्य र स्याहारमा सहयोग गर्ने उद्देश्यले कोमल स्याहार सामग्री उपलब्ध गराउन पहल गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्यारासुट एडभान्स्ड बेबीका उत्पादन नवजात शिशुको संवेदनशील छालालाई ध्यानमा राखेर तयार गरिएका छन्। उत्पादनको शृङ्खलामा पोषणयुक्त क्रिम तथा लोसन, आँखा नपोल्ने स्याम्पु, भिटामिन ई र एयुक्त मालिस गर्ने तेल, स्याहार पाउडर, स्याहार साबुन तथा बदामको दूध र जैतुनको तेलयुक्त नरम स्याहार पुछ्ने कपडा समावेश छन्।
कम्पनीले आफ्ना उत्पादन चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको र शिशुको संवेदनशील छालाका लागि कोमल रहेको जनाएको छ।
यो सहकार्य आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा निरन्तर सञ्चालन गरिनेछ। यसबाट शिशुको जीवनका सुरुवाती चरणमा परिवारलाई आवश्यक स्याहार सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्यारासुट एडभान्स्ड बेबी मारिको लिमिटेडको शिशु स्याहारसम्बन्धी ब्रान्ड हो। नवजात शिशु तथा साना बालबालिकाको दैनिक स्याहारका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै आएको यस ब्रान्डले संवेदनशील छालाको उचित हेरचाहमा अभिभावकलाई सहयोग गर्ने लक्ष्य राखेको छ।
मारिको लिमिटेड भारतको अग्रणी उपभोग्य वस्तु उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले सौन्दर्य, स्वास्थ्य तथा व्यक्तिगत स्याहारसम्बन्धी विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ। यसका उत्पादन क्षेत्रमा कपाल तथा छालाको स्याहार, खाने तेल, स्वस्थ खाद्य पदार्थ, पुरुषको व्यक्तिगत स्याहार र कपडाको स्याहारलगायतका सामग्री समावेश छन्। कम्पनीका प्रमुख ब्रान्डमा लिभन, प्यारासुट न्याचुरल्स, प्यारासुट एडभान्स्ड, निहार नेचुरल्स, हेयर एन्ड केयर, सेट वेट, बियर्डो, सफोला र रिभाइभ रहेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend