logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विद्यालयमा युवकको शव फेला


  • जन आकाश
  • आइतबार, साउन २१ २०८०

काठमाडौं । मलंगवाको एक विद्यालयमा बेवा  रिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।



मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् । विद्यालय भवनको बरन्डामा आज बिहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend