logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध


  • जन आकाश
  • आइतबार, साउन २१ २०८०

मकवानपुर । काठमाडौं- हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



आइतबार बिहान ९:३०  बजेको समयमा त्रिभुवन राजपथ अन्तर्गतको सो स्थानमा पहिरो खस्दा भैसे हुँदै पालुङ, नौबिसे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

उनका अनुसार गयराती देखि परेको वर्षाका कारण उकत सडक खण्डमा कारण पहिरो खस्दा यातायात सेवा समेत अवरुद्ध बनेको छ । पहिरो हटाइ सडक खुलाउने कार्य भइरहेको उनले बताए । पहिरो खसेको उक्त स्थान प्रहरी चौकी भैसेबाट १३ किलोमिटर पश्चिम उत्तर पर्नेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend