जन आकाश
काठमाडौँ । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न सोमबार राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीको कार्यालय अनुसार दुईजना बीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend