logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कैलालीमा पहिरोले सडक अवरुद्ध


  • जन आकाश
  • मंगलबार, साउन २३ २०८०

काठमाडौं । कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएको प्रहरीले जनाएको छ ।



सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ । राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन अपनि बाटोमै छन् ।

सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यका लागि हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend