जन आकाश
काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा आ.व. २०७९ / ०८०- मिति २०८०/०४/१८ गते काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले निवर्तमान अध्यक्ष गौरव शारदालाई पुनःआगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ । साथै उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यहरूमा शंकर लाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन हुनुभएको छ ।
सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठुलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।
संघका अध्यक्ष गौरव शारदाले भन्नुभयो, “अक्सिजन सिलिन्डरको मापदण्ड अन्तर्गत Colour Coding, Labeling, Maximum Filling Pressure, Gas Information, Periodic Inspection Detailscflb आदि सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्थालागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनिकरण गर्न सकिन्छ ।”
संघले आगामी दिनमाLiquid अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend