जन आकाश
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामाबीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल ¥यालीको आयोजना गरेको छ ।
बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल ¥यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशव प्रसाद दाहल,प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाउनु भएको थियो ।
पोखराको बाराहीघाटबाट शुरु भएको ¥यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृह चोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्र बैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा ¥यालीको समापन गरिएको थियो । उक्त साईकल ¥यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend