logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ पुग्यो


  • जन आकाश
  • बिहिबार, साउन २५ २०८०

काठमाडौं । स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ पुगेको छ । यो हालसम्मकै उच्च हो । २०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका हुन् ।



जनसंख्या उच्च हुनुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयको अध्ययनले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार स्पेनमा विदेशी भूमिमा जन्मिएका बासिन्दाको संख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

स्पेनका राष्ट्रिय तथ्यांक संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भने, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यवहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’

अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कनका थिए । विदेशमा बसोवास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend