logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कांग्रेसको संसदीय दलको बैठक बस्दै


  • जन आकाश
  • आइतबार, साउन २८ २०८०

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरदा दिन लागेको हो ।



आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्न लागेको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा संसदको गतिरोधको विषयमा छलफल भइरहेको छ । संसदको गतिरोधको विकल्पमा संसदीय समिति वा उच्चस्तरीय शक्तिशाली आयोगको प्रस्ताव विकल्पका रूपमा रहेको धारणा केही सांसदले राखेका छन् ।

सरकारको प्रभावकारिता, बजेटलगायतका विषयमा पनि सांसदहरूले आफ्नो धारणा राखेका थिए । यस्तै, शुक्रबार बोल्ने प्रायस् सांसदले सुनिल शर्मा पक्राउ पर्नुलाई सरकारले प्रतिशोध साँधेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend