logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

शान्ति खलःद्वारा सम्मान कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, साउन २८ २०८०

  1. काठमाडौं । मध्यपुर थिमिबाट माइग्रेट भएर उपत्यका लगायत विभिन्न स्थानमा बसोवास गरिरहेका थिमिवासीहरुको साझा संस्था शान्ति खलःले आफ्नो नियमित वार्षिक कार्यक्रम अन्तर्गत २०७९ को एसईई उतीर्ण सदस्यका छोराछोरीलाई सम्मान कार्यक्रम, त्यस्तै जेष्ठ सदस्यहरु जो ज्या जंको भईसकेकाहरुलाई दोसल्ला सहितको सम्मानपत्रबाट सम्मान र खलःमा आजीवन सदस्य बनेर शान्ति खलःमा आवद्ध हुने नयाँ सदस्यहरुलाईसमेत दोसल्ला सहित सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री माननीय डा. राजेन्द्रमान श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रममा उनले बिगतमा बिदेशीहरु नेपालको कला, संस्कृति र यहाँको सामाजिक जनजीवनको बारेमा अध्ययन गर्न आउने गरेकोमा हाल नेपालीका छोराछोरीहरु एसईई सकेपछि विदेशमा अध्ययन गर्न जाने प्रबृत्तिले देशको दक्ष जनशक्ति पलायन हुुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले यसरी बिदेश पलायन हुने क्रम रोक्न देशमा नै रोजगार लगायत आवश्यक अवसरको श्रृजना गर्न आवश्यक रहेको बताउँदै खलःले यसतर्फ विशेष पहल गर्नु पर्ने बताए ।



कार्यक्रम खलःका अध्यक्ष इश्वरलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा दक्षिण एशियाली खेलकूद सागमा कराँते तर्फ दोहोरो स्वर्ण पदक विजेता मध्यपुर थिमिका होहनर युवा मण्डेकाजी श्रेष्ठ र बडिबिल्डर्स तर्फ मिस्टर भक्तपुर बन्न सफल मध्यपुर युवालाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य खलःका उपाध्यक्ष रामचन्द्र भिंदुवा श्रेष्ले गरेको कार्यक्रमको संचालन खलःका सदस्यद्वय अमृतप्रसाद श्रेष्ठ र निर्मला श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend