जन आकाश
सुरेश तामाङ
काठमाडौँ । स्थानीय निर्वाचनमा बोकेको नारा “युवाको जोसिलो जाँगर, समृद्ध चतुरालेको आधार” कार्यान्वयन गराउन ककनी गापा ७ चतुराले नुवाकोटका वडाध्यक्ष रामकृष्ण तामाङ लागिपरेका छन् । सामाजिक सुरक्षा कोष कार्यान्वयन घरदैलो देखि विकास पूर्वाधार दिर्घकालिन बनाउने मेसोमा लागेका हुन् । गाउँलेको साझा सरोकार रहेका भौतिक पूर्वाधार, कृषि सिँचाइ, स्वास्थ्य, शिक्षा आदिमा पालिकादेखि प्रदेश मन्त्रालयसम्म बजेट पहल भएका छन् । जसअनुसार बागमति प्रदेशबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय बाट ५० लाख, सडक तथा पुल निर्माण ५ करोड १५ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालय बाट ६५ लाख, सामाजिक विकास मन्त्रालय बाट १५ लाख, गाउँपालिकाबाट विभिन्न शिर्षकमा १ करोड ८८ लाख समेत जम्मा ८ करोड ३३ लाख बजेट प्राप्त भएको छ ।
बर्षात् र पासाङल्हामु राजमार्गको समस्याले जेष्ठ नागरिकहरुलाई सहजिकरण सामाजिक सुरक्षा भत्ता कार्डको नवीकरण घरदैलो गरिएको वडा अध्यक्ष तामाङले बताए । उनले थपे ः– जेष्ठ नागरिक समाज र वडा विकासमा दिलो ज्यान दिएर लागिपरेका व्यक्तित्वहरु हुने भएकोले घरदैलो गरेको हो ।
यसैगरी ७७ वर्षिय बालमान डङगोल उत्साहित हुँदै घरदैलो अभियानले हामी जेष्ठ नागरिकलाई सम्मान गरेकोमा वडा अध्यक्ष लाई धन्यवाद दिदै वडाको समृद्धि छिटो हुनुपर्ने समेत सुझाए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend