logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

केपी शर्मा ओलीद्धारा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग


  • जन आकाश
  • आइतबार, साउन २८ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ ।



आईतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो । उहाँले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिनुभयो ।

उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.  प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहो¥याउनु भयो ।

‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अफ्ट्यारो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री, अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको  आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई  यो ठूलो आश्चर्यको विषय हो । त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो  जिम्मेवारी हो । त्यो जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर, राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अफ्ट्यारो लाग्नुपर्ने होइन  ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भिर भएर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend