जन आकाश
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एन.सि.बि.एल.) को आयोजनामा आगामी असोजमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० गरिने भएको छ ।
‘दिगो,पारदर्शी र जोखिम रहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ काठमाडौमा गोष्ठी हुने भएको हो । गोष्ठिमा सहकारी संघ-संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ-संस्थाका प्रतिनिधीहरू गरि ५ सय जना सम्मको सहभागीता रहने छ ।
सहकारी संघ-संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले गोष्ठी आयोजना गरिने बैंकका अध्यक्ष के.बी उप्रेतीले बताउनु भयो ।
उहाँका अनुसार गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरुमा छलफल हुने छ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्ग दर्शन प्रदान गरि सहकारीमा जोखिम व्यवस्थापनर वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठिले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताउनु भयो ।
बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ-संस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय-अन्तर्राष्ट्रिय विषय विज्ञहरुको सहजीकरण रहने बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बताउनु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend